PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कसरी हुन्छ विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण?, यस्तो छ 'बिहाइन्ड दि सिन'



पहिलोपोस्ट

कसरी हुन्छ विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण?, यस्तो छ 'बिहाइन्ड दि सिन'

अहिले इंग्ल्याण्ड र वेल्समा १२औं संस्करणको ओडिआई विश्व कप चलिरहेको छ। विश्वका उत्कृष्ट १० राष्ट्रहरु अहिले प्रतिस्पर्धामा छन्।

साविक विजेता अष्ट्रेलियाले सेमिफाइनल टिकट काटिसक्दा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तान भने बाहिरिसकेका छन्।

मैदानमा खेल भइरहँदा विश्वभर रहेका करोडौं दर्शकको घरमै हेर्न मिल्ने गरी खेलहरुको प्रत्यक्ष प्रशारण भइरहेका छन्।

भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले विश्वकपको प्रत्यक्ष प्रशारण गरिरहेको छ। नेपालमा पनि दर्शकहरुले यसैबाट हेरिरहेका छन्। प्रत्यक्ष प्रशारण हुँदा कहिले मैदानको दृश्य आउँछ। कहिले कमेन्ट्री गरिरहेका कमेन्टर पनि देखा पर्छन्। यस्तै इनिङ्स ब्रेकमा डगआउट आउँछ। जसमा क्रिकेटका विज्ञहरु खेलबारे विश्लेषण गरिरहेका हुन्छन्। यी सबै काम एकै पटक जस्तो चलिरहेको हुन्छ।

दर्शकलाई अनौठो लाग्न पनि सक्छ कसरी हुन्छ यो सब काम भने।

त्यसैलाई कौतुहल मेटाउनको लागि दि क्वीन्टले विश्वकप कसरी लाइभ हुन्छ यसमा कति जनशक्त सामेल हुन्छन् भने बिहान्ड दि सिन बारे भिडियो तयार पारेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell