
आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो।
उता श्रीलंकाले यसअघि घरेलु टोली इंग्ल्याण्डलाई स्तब्ध पार्दै शीर्ष चारमा पर्ने सम्भावनन कायम राखेपनि यस हारपछि भने त्यो सम्भावना कमजोर बनेको छ।
शीइर्ष चारमा पर्न श्रीलंकाले अब बाँकी दुई खेल जितेर मात्र पुग्दैन इंग्ल्याण्ड, पाकिस्तान र बंगलादेशको बाँकी खेलको नतजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ।
SOUTH AFRICA WIN BY NINE WICKETS! 👏
— ICC (@ICC) June 28, 2019
Hashim Amla and Faf du Plessis were in beautiful rhythm, with their stand of 175* never letting Sri Lanka into the game.
#CWC19 | #SLvSA | #ProteaFire | #LionsRoar pic.twitter.com/8NHbcx535m
७ खेलबाट ६ अंक रहेको श्रीलंका सातौं स्थानमा छ। दोस्रो जितपछि ८ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका भने आठौं स्थानमा उक्लेको छ।
दोस्रो जित हात पार्ने क्रममा दक्षिण अफ्रिकाले श्रीलंकाले दिएको २०४ रनको लक्ष्य ३७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो।
ओपनर क्वेन्टन डे ककलाई १५ रनमा गुमाएपनि हासिम अमला र कप्तान फाप डु प्लेसिसले शतकिय साझेदारी गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए। यी दुईले दोस्रो विकेटका लागि नटआउट १७५ रनको साझेदारी गरे।
कप्तान डु प्लेसिसले १०३ बल खेल्दै १० चौका र १ छक्काको मद्दतमा नटआउट ९६ रन बनाए। यस्तै ओपनर अमलाले नटआउट ८० रन बनाए। उनले १०५ बल खेल्दा ५ चौका प्रहार गरे।
श्रीलंकाको लागि एक मात्र विकेट लासिथ मालिंगाले लिए।
त्यसअघि चेस्टर ले स्ट्रिटमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ३ बल बाँकी छँदा २०३ रनमा अलआउट भएको थियो। श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले ३०-३० रन बनाए। यस्तै धनन्जय दा शिल्भाले २४ र कुशल मेन्डिसले २३ रन जोडे।
दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वाने प्रिटोरिओसले ३-३ विकेट लिए। कगिसो रबाडाले २ विकेट लिए। प्रिटोरिओसले १० ओभर बलिङ गर्दा २ मेडज राख्दै २५ रन मात्र खर्चेर ३ विकेट लिएका हुन्।