PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सिन्थेटिक ट्रयाक राखेपछि यस्तो देखियो दशरथ रंगशाला

सिन्थेटिक ट्रयाक राखेपछि यस्तो देखियो दशरथ रंगशाला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : यही वर्ष डिसेम्वरमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदैछ। त्यसका लागि अहिले भौतिक पूर्वाधार निर्माण र पुनर्निमार्णको काम धमाधम भइरहेको छ।

त्यसैमध्ये एक हो दशरथ रंगशाला जसले रुप फेर्दैछ। चार वर्षअघिको विनाशकारी भूकम्पका कारण थलिएको रंगशाला पुन: निर्माणको काम अब लगभग सकिने प्रकियामा छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको मानिने दशरथ रंगशाला नै साग को लागि मुख्य भेन्युको रुपमा रहनेछ।

अहिले रंगशालाको ट्र्याकमा सिन्थेटिक ट्रयाक राख्ने काम सकिएको छ। यस्तै साधारण प्याराफिटतर्फ सिट राख्ने र छाना राख्ने काम भइसकेको छ। अब भिआइपी फ्यारापिटमा छाना र सिट राख्ने काम बाँकी छ। यस्तै स्कोर बोर्ड पनि निर्माण भएको छ। विशेष गरी एथ्लेटिक्सका लागि आवश्यक ट्रयाक राखिएपछि अहिले दशरथ रंगशालको स्वरुप केही फरक देखिएको छ।

ट्रयाकमा दौडनका लागि ८ लेन छ। अब रंगशालाको सबैभन्दा मुख्य स्थान फुटबल मैदान बनाउन काम बाँकी छ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले मैदानको काम पनि चाँडै सम्पन्न हुने बताएका थिए। उनले रंगशालमा १३औं साथ अघि कुनै पनि प्रकारको गतिविधि नगर्ने बताएका थिए। एथ्लेटिक्सको लागि भने प्रशिक्षण गर्न दिने उनले बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell