PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कोपा अमेरिका : कोलम्बियालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक विजेता चिली सेमिफाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका : कोलम्बियालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक विजेता चिली सेमिफाइनलमा

साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार बिहान भएको तेस्रो क्वाटरफाइनलमा चिलीले कोलम्बियालाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको हो।

लगातार तस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेको चिलील अब उरुग्वे र पेरुबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। र्को सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाले भेट पक्का गरिसकेका छन्।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको कोलम्बिया र समूह चरणमा उरुग्वेसंग पराजित भएको चिलीले निर्धारित समय भित्र गोल गर्न नसक्दा खेल गोरहित बराबरीमा सकियो। त्यसपछि खेलको निर्णय सिधै पेनाल्टीबाट लिइएको हो।

पेनाल्टीसुटआउटमा चिलीका लागि अर्टुरो भिदाल, एडुओर्डो भर्गास, एरिक पुल्गर, चार्ल्स अराइङ्गुस र एलेक्स सान्चेजले गोल गरे। कोलम्बयाका लागि जेम्स रोड्रिगेज, एडविन कार्डोना, जुवान कुड्राडो र येरी मिनाले गोल गरे भने विलियम टेसिलोको प्रहार पोष्टभन्दा बाहिर गएको थियो।

प्रतियोगितामा चौथो क्वाटरफाइनल खेल भोली उरुग्वे र पेरुबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell