PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संकटको सामना : विमानमा बम फेला परे के गर्ने?

संकटको सामना : विमानमा बम फेला परे के गर्ने?

वसन्तराज उप्रेती/पहिलोपोस्ट


काठमाडौं : विमानभित्र नै बम फेला पर्‍यो भने के गर्ने? कसरी यात्रुलाई उद्धार गर्ने र बमको डिस्पोज गर्ने? शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सङ्कटकालीन’ पूर्व अभ्यास गरियो। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।

यसरी गरिन्छ विमान भित्र भेटिएको बमको डिस्पोज

'फुल स्केल एमर्जेन्सी एक्सरसाइज' का लागि विमानस्थलले काल्पनिक विमानस्थल 'एलोन एयरपोर्ट' र काल्पनिक जहाज'नेपाल वायुसेवा निगमको बोइङ ७५७ गण्डकी विमानस्थल जानका लागि दिउँसो ३:१८ बजे ट्याक्सी वेबाट रनवेमा जान तयार हुन्छ।

एक सय यात्रु बोकेको जहाजमा बम रहेको संकेत आएपछि विमानस्थलमा रहेका कुनै पनि जहाजलाई असर नपार्ने उद्देश्यले 'रिमोट पार्किङ बे' मा ल्याएर राखिन्छ। ३:२२ जहाजलाई तानेर रिमोट पार्किङ बे मा ल्याएपछि मेडिकल टिमलाई इमर्जेन्सी तयार पारिन्छ।

विमानस्थलमा संकट घोषणा भएपछि कन्ट्रोल टावरबाट आकस्मिक साइरन बज्छ। साइरन बज्नेवित्तिकै फायर, सुरक्षाकर्मी, बम डिस्पोजल एक्सपर्ट, अस्पताल, एम्बुलेन्स लगायत निकाय तत्कालै विमानस्थलमा आइपुग्छ। त्यसपछि विमानस्थलका महाप्रवन्धक, एयरलाइन्सका पाइलट इन कमाण्ड, फ्लाइट अपरेशन डिपार्टमेन्टका पदाधिकारीहरु आइपुग्छन्।

सुरक्षाकर्मीहरुले जहाज भएको ठाउँ वरपर सेक्युरिटी बोर्डर राखेर धमाधम उद्धार गर्न थाल्छन्। सुरक्षा निकायले बम डिस्पोज गर्न लाग्छ। केही क्षणमै बम विस्फोट हुन्छ। तर फायर व्रिगेडले तत्काल पानी हालेर आगो निभाउन थाल्छ। यात्रुको अवस्था अनुसार चिकित्सक मार्फत् चेक गरेर सख्त घाइतेलाई अस्पतालमा पठाइन्छ।

यस्तोखाले अभ्यास प्रत्येक दुई वर्षको अवधिमा हुँदै आएको छ।

'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिने योजनावद्ध अभ्यास मात्रै हो। यस्तो अभ्यासले सम्वन्धित निकायका जनशक्तिको क्षमता बढाउन सहयोग पुग्छ,' विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell