काठमाडौं : मलेसियामा यही जुलाई २ देखि सुरु हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। प्रतियोगिता सुरु हुनु ३ दिनअघि मात्र म्यानमारले नाम फिर्ता लिएपछि पूरै खेल तालिका परिवर्तन भएको हो।
म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछ। यसअघि प्रतियोगिता ८ राष्ट्र सहभागी हुने भए पनि अब ७ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछ। यस्तै यसअघिको तालिका अनुसार नेपालले पहिलो खेल जाई २ मा म्यानमारसँग खेल्ने थियो।
अब नेपालले जुलाई ३ मा चीनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
यसअघिको नेपालले दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग खेल्ने तालिका थियो।
अब नेपालले दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ। नेपालले एक खेलमात्र जिते पनि समूह चरण पार्ने सम्भावना बढेको छ।
यस्तो छ नयाँ खेल तालिका: