PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काम गरिरहेका मजदूरमाथि गोली प्रहार, प्रहरी भन्छ : हान्ने अज्ञात



पहिलोपोस्ट

काम गरिरहेका मजदूरमाथि गोली प्रहार, प्रहरी भन्छ : हान्ने अज्ञात

काठमाडौं : सर्लाहीको लालबन्दी नगरपालिकामा अज्ञात समूहले चलाएको गोली लागि एक जना युवक घाइते भएका छन्।

शनिवार मध्यान्ह मोटरसाइकलमा आएका युवकले गोली चलाउँदा लालबन्दी नगरपालिका १ नवलपुर घर भएका ३० वर्षीय जयना महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

‘अज्ञात समूहले गोली हानी फरार भएको पाइयो। हामीले गोली प्रहार गर्नेको खोजी गरिरहेका छौं,' एसपी भट्टराईले भने।

महतोको पाखुरमा गोली लागेको छ। उनी मजदुर हुन्। मन्दिर बनाइरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

‘दुई जना आएको र मोटरसाइकल परै रोकेर एक जनाले नजिकै गएर मौका हेरी गोली हानेको खुलेको छ,' एसपी भट्टराईले भने।

उनले घटनाको थप अनसन्धान भइरहेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell