PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अस्पतालभित्र डाक्टरकी श्रीमतीलाई हथौडा प्रहार गरी हत्या गर्ने पक्राउ



पहिलोपोस्ट

अस्पतालभित्र डाक्टरकी श्रीमतीलाई  हथौडा प्रहार गरी हत्या गर्ने पक्राउ

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित सर्लाही आँखा केन्द्र अस्पतालभित्र नै महिलाको हत्या गर्ने अभियुक्त पक्राउ गरेका छन्। प्रहरीले शनिवार सोही अस्पतालमा काम गर्ने ३० वर्षीय अमितकुमार बैदारलाई नियन्त्रणमा लिएको हो।

गत बिहीवार दिउँसो रौतहट यमुनामाई गाँउपालिका ३ घर भएकी २७ वर्षीय सुप्रिया भारतीको हत्या गरी अमित फरार थिए। उनलाई रक्सौलबाट नियन्त्रणमा लिएको सर्लाही जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए। ‘खोजी गरिरहेका थियौं। आज बिहान भारतीय सीमा नजिकैबाट नियन्त्रणमा लिएका हौं,‘ एसपी भट्टराइले भने।

हथौडा प्रहार गरी भारतीको हत्या गरिएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको थियो  अमित दुई वर्षदेखि अस्पतालमा कार्यरत थिए। हत्याको कारण भने खुल्न सकेको छैन।

'हत्याको कारण भने खुल्न सकेको छैन,' एसपी भट्टराईले भने।

भारतीका ४ वर्षीय छोरासमेत घाइते भएका थिए। मृतक भारती अस्पताल प्रमुख डाक्टर दीपेन्द्रकुमार रजककी श्रीमती हुन्। फरार रहेका अमित दीपेन्द्रका भिनाजुका भाइ पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell