PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

काठमाडौँ जिल्ला बारको अध्यक्षमा जगदीश घिमिरे विजयी, कार्यसमितिमा डिएलएको ‘क्लिनस्वीप’



पहिलोपोस्ट

काठमाडौँ जिल्ला बारको अध्यक्षमा जगदीश घिमिरे विजयी, कार्यसमितिमा डिएलएको ‘क्लिनस्वीप’

काठमाडौँः काठमाडौँ जिल्ला बार एशोसिएसनको अध्यक्षमा जगदीश घिमिरे निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कुमार प्रसाद आचार्यलाई भारी मतान्तरले पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्। शनिबार मतदान भएको थियो।

निर्वाचन समितिका अनुसार घिमिरेले एक हजार ३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी आचार्यले ११० मत प्राप्त गरे। घिमिरे नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसनका (डिएलए) तर्फबाट उम्मेद्वार बनेका थिए। पराजित आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसनका (एनएलए) उम्मेद्वार थिए।

१९ सदस्यीय कार्यसमितिमा डिएलएले ‘क्लिनस्वीप’ गरेको छ।

मतपरिणाम अनुसार उपाध्यक्षमा सुवोध कुमार चिलुवाल, सचिवमा दमन बहादुर चन्द, सहसचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा विश्वास आचार्य विजयी भएका छन्। सापकोटा निर्विरोध निर्वाचित भएकी हुन्।

यस्तै महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध चयन भएका छन्।

अन्य १२ खुला सदस्यमा अञ्जन धिताल, दिवाकर राज पाण्डे विजयी भएका छन्। यस्तै, ज्ञानेन्द्र प्रसाद दाहाल, राजकुमार अधिकारी, जयबहादुर भुजेल, विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, बासुदेव रिजाल, डा. शिव कुमार यादव र दीपेन्द्र अधिकार पनि सदस्यमा विजयी भएका छन्।

निर्वाचनमा डिएलए र एनएलए दुबैले प्यानल बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell