A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69846d64e3fcf9.14417255): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69846d64e3fcf9.14417255,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपाली टोली जुलाई ९ मा मलेसिया जाने, दुई टी २० आई खेलेर उतैबाट सिंगापुर जाने
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

नेपाली टोली जुलाई ९ मा मलेसिया जाने, दुई टी २० आई खेलेर उतैबाट सिंगापुर जाने



गोविन्दराज नेपाल

नेपाली टोली जुलाई ९ मा मलेसिया जाने, दुई टी २० आई खेलेर उतैबाट सिंगापुर जाने

काठमाडौं : 'आइसीसी टी २० वर्ल्ड कप एसिया रिजनल फाइनल क्वालिफायर २०१९' को तयारी र मलेसियासंग दुई वटा टी २० आई म्याच खेल्न नेपाली राष्ट्रिय क्रिकेट टीम जुलाई ९ मा मलेसिया प्रस्थान गर्दैछ।

नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम ९ तारिख मलेसिया जाने र त्यहाँ १० दिन बस्नेछ।

सिंगापुरमा जुलाई २२ देखि २८ तारिख सम्म हुने क्वालिफायरका लागि त्यहाँको कन्डिसनमा घुलमिल हुन र दुई पक्षिय सिरिज खेल्न नेपाल मलेसिया जान लागेको हो।

नेपालले मलेसियामा तयारीका साथै दुई वटा म्याच खेल्ने भएको हो। जुलाई १३ र १४ तारिखमा नेपाल र मलेसियाबीच किनरारा ओभल मैदानमा दुई वटा खेल हुनेछ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काले सिंगापुरमा कन्डिसनलाई मध्यनजर गर्दै मलेसियामा खेल्न लागेको बताए। 'मलेसियामा पनि हामी दुई वटा टी २० आई खेल्न गइरहेका छौँ। सिंगापुर र मलेसियाको कन्डिसन एउटै भएकोले हामीलाई यसले अभ्यस्त बनाउँछ।'

नेपालले करिब १० दिन मलेसियामा तयारी गरेपछि उतैबाट सिंगापुर जानेछ।

नेपाल मलेसियाबाट २० तारिखमा सिंगापुर प्रस्थान गर्ने म्यानेजर शिवाकोटीले जानकारी दिएका हुन्।

नेपालले गत माघमा युएईसँग ओडिआई र टी २० आई सिरिज खेलेपछि पहिलो पटक सिरिज खेल्न लागेको हो। तर ओडिआई मान्यता प्राप्त टिमले आफूभन्दा तल्लो वरीयताको टिमसँग खेल्न लागेको भनेर आलोचना भएपनि कप्तान पारसको यसको अर्को विकल्प नभएको बताए।

'हामीसंग अरु अप्सन नै थिएन। पछिल्लो ४-५ महिनामा हामीले हामीले ओडिआई टिमसंग खेल्ने प्रयास गर्‍यौँ। कुनै पनि टिम उपलब्ध नभएको भएर मलेसियामा हाम्रो एक मात्र र अन्तिम अप्सन भएको हो।' पारसले भने।

उनले विपक्षी कस्तो भन्दा पनि आफ्नो खेल खेल्ने बताए। वि'पक्षीलाई हेरेर भन्दा पनि हामीले आफूले के गर्ने भनेर हेर्ने हो। मलेसिया हामी भन्दा वरीयतामा तल भएपनि त्यसले विजेताको निर्णय गर्दैन।'

'टी २० फर्म्याट यस्तो छ कि पर्टिकुलर दिनमा जुनसुकै टिमले जुनसुकै टिमलाई हराउन सक्छ।'

मलेसियासँगको दुई खेलले नेपाललाई सिंगापुरको कन्डिसनमा फाइदा गर्ने र क्वालिफायरमा पनि सहज हुने पारसले बताए। 'हामी मलेसियासंग दुई म्याच खेल्छौँ र यसले सिंगापुरको कन्डिसनमा खेल्न सहयोग गर्छ।  हामी मलेसियामा १० दिन रहन्छौँ। त्यहाँको तयारी पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ। अपोनेन्ट भन्दा पनि हामी के मा फोकस हुने भन्ने विषयलाई प्राओरिटीमा राखेर अगाडि बढिरहेका छौं।'

सिंगापुरमा हुने क्वालिफायरमा नेपालले मलेसियासंग पनि खेल्नुपर्नेछ। यस्तै घरेलु टोली सिंगापुर, कतार र कुवेत पनि छन्।

पाँच टिमबीच राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुनेछ र अंक तालिकामा शीर्ष स्थानमा रहेर विजेता बन्ने टिम युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

आइतवारै क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ। जसमा पछिल्लो युएई टुरमा नरहेका ब्याट्सम्यान शरद भेषावकरले टिममा पुनरागमन गरेका छन् भने आरिफ शेख टिममा अटाउन सकेनन्। यस्तै सन्दिप जोरा र भिम शार्की पनि टिममा पर्न सकेनन्।

मलेसियामा एसीसी यू-१९ इस्टनर् रिजन २०१९ खेल्न गएको टिमको कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ सिनियर टिममा पनि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell