
धादिङ : १६औं धान दिवसको अवसरमा धादिङमा खुल्ला हिले दौड प्रतियोगिता आइतवार सम्पन्न भएको छ।
‘धान खेती प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ’ नेपालमा नै पहिलो पटक राष्ट्रव्यापी रुपमा खुल्ला हिलो दौड आयोजना गरिएको हो।
राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवसमा धादिङमा हिले दौड भएको हो।
हिले दौडमा महिलातर्फ सोनी गुरुङ प्रथम, रसिला तामाङ द्धितिय र निर्जला ताम्राकार तृतिय भइन्। यस्तै पुरुषतर्फ विशाल राई प्रथम, किरण मल्ल द्धितिय र खिम बहादुर खत्री तृतिय भए।
प्रतियोगितामा देश तथा विदेशबाट गरी ८८ जना पुरुष र २३ जना महिलाको सहभागी रहेको थियो। धादिङ बेशीको क्याम्पस चोकबाट बाजा सहितको र्याली प्रतियोगिता स्थल बिर्ताबेशी पुगेको थियो।
विजेता पुरुष तथा महिलाले खेलाडीले ५०-५० हजार प्राप्त गरे। यस्तै द्धितिय हुनेले समान ३० र तृतिय हुनेले समान २० हजार प्राप्त गरे।
५ लाख राशिको डन्डीबियो प्रतियोगिता गरिसकेको संघले भावी दिनमा अन्य लोक खेल प्रतितियोगिता आयोजना गर्ने संघका संरक्षक राजकुमार श्रेष्ठले बताए।