PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

इटलीमा हुने ३०औं समर युनिभर्सियाड नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

इटलीमा हुने ३०औं समर युनिभर्सियाड नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं : इटलीको नापोलीमा आयोजना हुने ३०औं समर युनिभर्सियाड २०१९ मा नेपालले फेन्सिङ र तेक्वान्दो खेलमा सहभागिता जनाउँदैछ।

जुलाई ३ देखि १४ तारिखसम्म हुने युनिभर्सियाडमा सहभागि हुन जाने नेपाली टोलीलाई आइतवार बिदाई गरिएको छ। सांसद एवं पूर्वमन्त्री लेखराज भट्टले टोलीलाई बिदाई गरे।

३०औं संस्करणसम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदै छ।

नेपालबाट तेक्वान्दोका सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ, अश्मिता खड्का र उमेश राज भण्डारीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै फेन्सिङ खेलाडीमा ओमकार सिंह, अलिषा सिंह र अनिता कार्की रहेका छन्।

नेपाल विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप 'टेकराज' जोशीको नेतृत्वमा नापोली जाने टोलीमा संघका महासचिव पूर्ण सिंह बोहरा, त्रिभुवन विश्वविद्यालयको प्रतिनिधीका रुपमा संघका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद पौडेल छन्। यस्तै तेक्वान्दो प्रशिक्षकमा दीपक बिष्ट र फेन्सिङ व्यवस्थापकमा मदन कार्की छन्।

ओलम्पिककै झ-झल्को दिने समर युनिभर्सियाडमा विश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन्।

नेपालले यस अघि ताईवानमा भएको २९औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ, टेनिस, टेबल टेनिस, एथ्लेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो।

सांसद भट्टले खेलकुद अहिलेको समाजको निकै नै आवश्यक क्षेत्र भएकोले अब खेलकुद विश्वविद्यालयको स्थापना गर्नु पर्ने बताए। उनले खेलकुद क्षेत्रमा पनि आफ्नालाई च्याप्ने परम्पराका कारण दक्ष जनशक्ति विस्थापित हुँदै गएकोले खेलकुदको विकास हुन नसकेको बताए। भट्टले खेलाडीहरुको भविष्यको सुनिश्चितता नभएका कारण उनीहरुलाई उक्त चिन्ताबाट मुक्त गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell