PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

प्रेममा बाधक बनेपछि छोरीले नै गरिन् आमाको हत्या!



सविन ढकाल

प्रेममा बाधक बनेपछि छोरीले नै गरिन् आमाको हत्या!

काठमाडौं: आफ्नो प्रेममा बाधक बनेपछि एक छोरीले आफ्नी ६० वर्षीया आमाको हत्या गरेको खुलेको छ। आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीय सावित्री भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

सोही घटनाको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्या आरोपमा प्रहरीले इश्वरी, दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

पक्राउ पर्ने भारतीय नागरिकमा मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिस रहेका छन्।

मोहम्मद नैसाफ र इश्वरीबीच प्रेम सम्बन्ध रहेको र आमा सावित्री बाधक बनेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले जनाए।

छोरीले आमाको हत्याका लागि १२ लाखको सुपारी दिएको र मोहम्मदले भारतबाट दुई जना झिकाएर हत्या गरेको प्रहरीले जनाएको छ।

आइतबार बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी सावित्रीको हत्या गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell