
दुई वर्षअघि फाइनलमा जर्मनीसँग भोगेको हारको बदला लिँदै जर्मनीको युवा टोलीले युरो यू-२१ च्याम्पियनसिपको उपाधि जितेको छ।
उडिनेसथ्ति डासिअ एरेनामा भएको फाइनल खेलेमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गरेको हो।
२०१७ मा जर्मनीले स्पेनलाई फाइनलमा १-० ले पराजित गरेको थियो। तर दुई वर्षपछि जर्मनीलाई पराजित गर्दै स्पेनले सर्वाधिक उपाधि जित्ने इटलीको कीर्तिमान बराबरी गरेको हो। इटली र स्पेनले ५-५ युरो यू-२१ जितेका छन्।
स्पेनलाई च्याम्पियन बनाउने क्रममा फाबियन रुइज पेनाले सातौँ र डानिएल ओल्मो कार्भायालले ६९औं मिनेटमा गोल गरे। जर्मनीका लागि नदिएम अमिरीले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए।
गत संस्करणमा उपविजेतामा चित्त बुझाएका स्पेन यू-२१ का कप्तान जेस भालेजो र डानी सेबालोसले यस पटक भने च्याम्पियन ट्रफी उचाल्ने अवसर पाए। दुवै खेलाडी स्पानिस जायन्ट रियल मड्रिडबाट क्लब फुटबल खेल्दै आएका छन्।
स्पेनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका फाबियन रुइज प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
यस्तै प्रतियोगिताभर सर्वाधिक ७ गोल गरेका लुका वाल्समिच्टले गोल्डेन बुट पाए।