PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

पाँचौँ भारत-भुटान मैत्रीपूर्ण टेनिस प्रतियोगिता खेल्न भुटान लागे नेता कमल थापा



पहिलोपोस्ट

पाँचौँ भारत-भुटान मैत्रीपूर्ण टेनिस प्रतियोगिता खेल्न भुटान लागे नेता कमल थापा
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा भाग लिन भुटान प्रस्थान गरेका छन्।

भुटान टेनिस फेडेरेसनको आयोजनामा यही जुलाई देखि ७ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि नेता थापा सोमवार भुटानको थिम्पु प्रस्थान गरेका हुन्।

प्रतियोगितामा भारत र भुटानका खेलाडीसँगै बंगलादेश र नेपाली खेलाडीको पनि सहभागिता रहने आयोजककले जनाएको छ। त्यसै अनुसार थापा पनि टेनिस खेल्न गएका हुन्।

थापाले ४५ प्लस भेट्रान क्याटेगोरीमा प्रतिस्पर्धा गर्नेछन्।

उनले यसअघि नेपालमा पनि विभिन्न टेनिस प्रतियोगिताहरु खेलिसकेका छन्।

 

एकछिन राजनीतिलाई विश्राम, हेर्नुस् टेनिस कोर्टमा भिड्दै गरेका कमल थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell