PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त: थप सहयोगका लागि सेनाको हेलिकोप्टर पुग्यो



पहिलोपोस्ट

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त: थप सहयोगका लागि सेनाको हेलिकोप्टर पुग्यो
फोटो: एभिएसन नेपाल

काठमाडौः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व ( नेकपा) र प्रहरीविच फाइरिङ भएपछि थप मद्धतको लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ।

सोमबार बिहान सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा भिडन्त भएको थियो। अहिले काठमाडौंबाट नेपाली सेनाको एम आइ १७ हेलिकप्टर सशस्त्र प्रहरी निरीक्षक उमेष थापाको कमाण्डमा १५ जना र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको नेपाल प्रहरी सचिवालयका एसपी रमेश थापाले बताए।

आज बिहान संखुवसभाबाट प्रहरी नायव निरिक्षक टिकाराम सुनुवारको कमाण्डमा ७ जना, प्रहरी चौकी सिसुवाटारको प्रहरी जवान दुईजना र शसस्त्र प्रहरी बलको प्रहरी साहयक निरीक्षकको कमाण्डमा १० जनाको टोली गरी जम्मा १९ जनाको टोली सिलीचुङ गाउँपालिकाका होयाङग्ला भन्ने स्थानमा सर्च गर्नको लागि पुगेको थियो।

गस्तीमा रहेको प्रहरी र विप्लव समुहबीच फाइरिङ भएको खबर आएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। फायरिङमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell