
काठमाडौँ : सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षकहरुले भष्ट्राचारको मुद्धमा सफाइ पाएका छन्।
सोमवार विषेश अदालतका अध्यक्ष बबुरमा रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासले सफाइ दिने निर्णय सुनाएको बिशेष अदालतका रजिष्टार पुष्पराज पाण्डेले बताए।
विशेषले पूर्वमहानिरीक्षकहरु कोषराज वन्त, बासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठलाई सफाइ दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषराज वन्तले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैँया भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा २०७२ माघ १८ गते मुद्दा दायर गरेको थियो।
अख्तियारले वन्त सहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।