PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन



पहिलोपोस्ट

अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपको पहलमा नेपाल कुस्ती संघ सोमवार पुनर्गठन गरिएको छ। यसअघि असतिस्वमा रहेको दुई संघलाई विघटन गर्दै राज मोहम्मद मिया अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन भएको हो।

राखेपको खेल संघ विवाद समाधान समितिको पहलमा यो सम्भव भएको हो। पुनर्गठित संघको अध्यक्षमा मिया अन्सारी नियुक्त भएका छन् भने १६ सदस्यीय संघ गठन गरिएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा मनोहर रायमाझी, रामलोचन ठाकुर र बसन्त भण्डारी रहेका छन्।

यस्तै संघका महासचिवमा रिता कोइराला, सचिवमा साहिल अन्सारी र कोषाध्यक्षमा जफरुल्ला अन्सारी रहेका छन्।

सदस्यहरुमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. पर्मरचन्द्र सेन, सानु लामा, निसार अहमद खान,जु नैद इद्रीसी, सलामत राइन र नन्दलाल यादव छन्।

राखेप र नेपाल ओलम्पिक कमिटीले छुट्टा-छुट्टै कुस्ती संघलाई मान्यता दिएपछि नेपालमा २ वटा कुस्तीसंघ अस्तित्वमा थिए। राखेपले नारायणदेव राणा नेतृत्वको कुस्ती संघलाई मान्यता दिँदा राजमोहन अन्सारीलाई ओलम्पिक कमिटिले मान्यता दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell