PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

सन्दीप लामिछानेको 'मेमोरी'मा सोमपाल र दिपेन्द्र मोडल



पहिलोपोस्ट

सन्दीप लामिछानेको 'मेमोरी'मा सोमपाल र दिपेन्द्र मोडल

काठमाडौं : क्रिकेट मैदानमा आफ्नो गुग्लीबाट विपक्षी ब्याट्सम्यानलाई नचाउने सन्दीप लामिछानेले यस पटक भने आफ्नो गीतबाट सहकर्मीहरुलाई नचाएका छन्।

नेपाली राष्ट्रिय टिमा युवा लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो पछिल्लो गीत मेमोरी सार्वजनिक गरेका छन्। उनले गीतसँगै आफ्नै युट्यसब च्यानलबाट त्यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन्।

भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरील लगायतले अभियन गरेका छन्। यस्तै राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीलाई पनि भिडियोमा देख्न सकिन्छ।

आफ्नो पुरानो स्कुले दिनहरुलाई समेटर सन्दीपले मेमोरी गीत तयार पारेका छन्। मायालु एल्बममा समावेश गीतमा उल्लास मक्रान्तीको शब्द रहेको छ भने सन्दीप र राजन मगरले संगित दिएका छन्। यस्तै छायांकन र निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका छन्।

नेपालको राष्ट्रिय टिमबाहेक विश्वका चर्चित टी २० लिग खेलेर चर्चा कमाउन सफल सन्दीप गीत-संगितमा पनि उत्तिकै राम्रा छन्। उनले यसअघि उदास,तिमी नै छौ, यो झरिमा जस्ता गीत सार्वजनिक गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell