PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

ललित स्मृति यू-१८ च्याम्पियनसिप : एपीएफले थ्री स्टारलाई हरायो, एनआरटी र संकटाले बाँडे अंक



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : एपीएफले थ्री स्टारलाई हरायो, एनआरटी र संकटाले बाँडे अंक

काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा विभागीय टोली एपीएफले थ्री स्टारलाई पराजित गर्दा एनआरटी र संकटा क्लबले भने अंक बाँडेका छन्।

प्रतियोगिता अन्तर्गत सोमवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले थ्री स्टारलाई ५-२ ले पारजित गरेको हो।

विपिन थापा मगरले २१औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा राजन पुल र ३३औं मिनेटमा रोहन प्रधानले गोल गरेपछि एपीएफले ३-० को अग्रता बनायो। थ्री स्टारका लागि ४४औं मिनेटमा दिप्सन राउत र ४८औं मिनेटमा सुमन श्रेष्ठले गोल गर्दै गोलअन्तर कम पारेका थिए।

तर राजन पुनले ७३औं र सन्तोष थोकरले ८६औं मिनेटमा गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए।

जितपछि एपीएफले समूह 'बी' मा ३ अंक जोडेको छ। पहिलो खेलमा मनाङसँग बराबरी खेलेको थ्री स्टारको भने यो पहिलो हार हो।

यस्तै सोमवारै भएको खेलमा एनआरटी र संकटाले १-१ को बराबरी खेलेका छन्। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा विवेक राईले ७५औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। तर अर्को मिनेटमै अबि पहारीले गोल गर्दै संकटालाई १ अंक दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell