PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एसीसी यू-१९ इस्टर्न रिजनका लागि सबै टिम तयार, कसले जित्ला यो ट्रफी?



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजनका लागि सबै टिम तयार, कसले जित्ला यो ट्रफी?

काठमाडौं : मलेसियामा मंगलवार देखि सुरु हुने एसीसी यू-१९ इस्टर्न रिजन २०१९ का लागि सहभागि ७ वटै टोली तयार भएका छन्।

सोमवार भएको प्रि म्याच कन्फ्रेन्समा सात वटै टोलीका कप्तानले प्रतियोगिताको उपाधि जित्नकै लागि खेल्ने बताए।

नेपाल यस प्रतियोगिताको साविक विजेता समेत हो। सन् २०१९ मा नेपालले हङकङलाई हराएर उपाधि जित्दै यू-१९ एसिया कप खेलेको थियो।

यसपटक पनि इस्टर्न रिजनको च्याम्पियनले यू-१९ एसिया कप खेल्न पाउनेछ। जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रका युवा टिम समेत हुन्छ। यसअघि नै वेस्टर्न रिजनबाट युएई र कुवेत एसिया कपका लागि छनोट भइकसेका छन्। अब अन्तिम एक स्थानमा लागि मलेसियामा ७ टोली प्रतिस्पर्धा गर्दैछन्।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोली यस पटक उपाधि रक्षा गर्दै अक्टोबर-नोभेम्बरमा श्रीलंका हुने युथ एसिया कप खेल्ने योजनामा छ।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बुधवार किनरारा ओभल मैदानमा चीनसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा शुक्रवार सिंगपुरसँग खेल्नेछ। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ए मा ३ टिम मात्र छ।

यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।

मलेसिया जानुअघि कप्तान रोहित कुमार पौडेलले आफूहरुको एक मात्र लक्ष्य इस्टर्न रिजनको उपाधि जित्दै एसिया कपमा छनोट हुनु रहेको बताएका थिए। उनले यस पटक टिम पनि सन्तुलित भएको बताएका छन्।

यस्तै प्रशिक्षक विनोद दासले सन् २०२२ को यू-१९ विश्वकपलाई मध्यनजर गर्दै केही नयाँ खेलाडीलाई टिममा राख्दै पुरानालाई रेस्ट दिएको बताएका छन्।

मलेसियामा नेपालले निरन्तर खेलिरहेको र खेलाडीहरु पनि अभ्यस्त भएकाले त्यहाँको कन्डिसनमा खेल्न सजिलो हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell