PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

१६औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आज, को बन्ला वर्ष खेलाडी?



पहिलोपोस्ट

१६औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आज, को बन्ला वर्ष खेलाडी?

काठमाडौं : नेपाली खेकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र बहुप्रतिक्षित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को १६औं संस्करण आय आयोजना हुँदैछ।

नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने यस अवार्ड काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ। अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ।

कूल १० विभिन्न विधामा प्रदान गरिने यस अवार्डमा एनएसजेएफले पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्। वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन्। विजेता घोषणा कार्यक्रममै हुनेछ।

यसैगरी स्पेशल अवार्ड, पारा एथ्लेट अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र टिम अफ दि इअरको अवार्ड पनि त्यही बेला घोषणा गरिनेछ। एसियाका उत्कृष्ट खेलपत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ। एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ। यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका छन्।

यसैगरी अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र डिस मिडियाको एक्सन स्पोर्टसले गर्नेछ। एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता छ। यस्तै, सूर्य नेपाल प्रालि, रुस्लान, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, टर्किस एयरलाइन्स, साहस स्पोर्ट्स सह–प्रायोजकको रुपमा जोडिएका छन्। अवार्ड कार्यक्रमलाई इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत साथ रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell