PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

विश्व खेलकुद पत्रकार दिवस मनाइयो



पहिलोपोस्ट

विश्व खेलकुद पत्रकार दिवस मनाइयो

काठमाडौं : विश्व खेलकुद पत्रकार दिवस २०१९ नेपालमा मनाइएको छ। हरेक वर्ष जुलाई २ का दिन विश्वभर खेलकुद पत्रकार दिवस मनाइने गरिन्छ।

इन्टरनेशनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपीएस) को स्थापनाको दिनलाई मध्यनजर गर्दै सन् १९९४ देखि विश्व खेलकुद पत्रकार दिवस मनाउन सुरु गरिएको हो। सन् १९२४ जुलाई २ मा पेरिसमा भएको समर ओलम्पिकको अवसर पारेर एआइपीएसको स्थापना भएको थियो।

एआइपीएस एसियाको कार्यक्रम अन्तर्गत नेपाल खेलकुद पत्रकार मञ्च 'एनएसजेएफ' को आयोजनामा मंगलावर काठमाडौंमा कार्यक्रम गर्दै 'वर्ल्ड स्पोर्ट्स जर्नालिस्ट डे २०१९'  दिवस मनाइएको हो।

कार्यक्रममा एआइपीएस एसियामा महासचिव अम्जाद अली मलिकको उपस्थिती थियो।

अली मलिकले नेपालका खेलाकुद पत्रकारको एकता र काम गर्ने शैली उदाहरणीय भएको बताउँदै खेलकुद पत्रकार दिवसको अवसरमा सबैलाई शुभकामना दिए।

पाकिस्तान स्पोर्ट्स राइटर्स फेडेरसनका अध्यक्ष समेत रहेका अली मलिकले आगामी डिसेम्वरमा नेपालमै आयोजना हुने १३औं सागको अवसर दक्षिण एसियाली खेलकुद पत्रकारहरुलाई समेत एकजुट बनाउन प्रयसा गर्ने बताए। साथै उनले एक एक देशका खेल पत्रकार अर्को देशमा गएर सहकार्य गर्न सकिने समेत बताए।

यस्तै एनएसजेएफका अध्यक्ष दुर्गा नाथ सुवेदी देवेन्द्रले यस वर्ष देखि एनएसजेएफले यस वर्ष देखि विश्व खेलकुद पत्रकार दिवसकै अवसर पारेर जुलाई २ मै पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्न लागेको बताए। सुवेदीले एआइपीएस एसियाको कुनै पनि कार्यक्रम आयोजना गर्न एनएसजेएफ सक्षम रहेको पनि बताए। उनले एनएसजेएफसँग सहकार्य गर्न आफूहरु तयार रहेको र आगामी अक्टोबरमा पाकिस्तानको पेशावरमा हुने राष्ट्रिय खेलकुदको अवसरमा नेपाली पत्रकारलाई समेत बोलाउने बताए।

कार्यक्रममा एआइपीएलका अध्यक्ष जियानी मिर्लोले पठाएको ऐडियो सन्देश पनि सार्वजनिक गरिएको थियो। उनले विश्व खेलकुद दिवसको अवसरमा सबैलाई शुभकामना पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell