PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार ९ खेलाडीलाई



पहिलोपोस्ट

दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार ९ खेलाडीलाई

काठमाडौं :  दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट ९ जना खेलाडीलाई सम्मानित भएका छन्।

दशरथ चन्द स्मृती ट्रष्टले वर्ष २०७५ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका ९ खेलाडीलाई मंगलवार सम्मान गरेको हो।

इन्डोनेसियामा भएको एसिया गेम्समा नेपाललाई रजत पदक जिलाएका प्याराग्लाइडिङ टिमका यकेश गुरुङ, एसियन युथ एथ्लेटिक्समा गोल्ड मेडलिस्ट एथ्लेटिक्सका अजित कुमार यादव, वर्ल्ड बडिबिल्डिङका गोल्ड मेडलिस्ट महेश्वर महर्जन, गल्फका टंकबहादुर कार्की, फुटबलकी निरु थापा, तेक्वान्दोका दीपक विक, ब्याटमिन्टनका प्रिन्स दाहाल, अपांग पुरुष खेलाडीमा एथ्लेटिक्सका अजय तामाङ, महिलामा बोसिया खेलकी महिमा कोइरालालाई सम्मा गरिएको हो।

सम्मानित हुने सबै खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ प्रदान गरिएको छ।

विजेता सबै खेलाडीले वर्ष २०७५ मा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम परिचित गराएका थिए। अघिल्लो संस्करणमा यहि कार्यक्रममा एक खेलकुद पत्रकारलाई सम्मान गरेकोमा यसपटक भने सो पुरस्कार दिइएन। हरेक वर्ष यो ट्रष्टले विभिन्न खेलका खेलाडीलाई सम्मान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell