PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसको लाखबत्ती!



रासस

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसको लाखबत्ती!

चितवन : नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ।

कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो। दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए। यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिए।

लाखबत्ती र दीप प्रज्वलनमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ। पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell