PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको विजयी सुरुवात



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको विजयी सुरुवात

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन २०१९ मलेसियामा आजबाट सुरु भएको छ। प्रतियवगितामा घरेलु टोली मलेसिया र सिंगापुरले विजयी सुरुवात गरेको छ।

किनरारा ओभलमा भएको खेलमा मलेसियाले थाइल्याण्डलाई १६ रनले पराजित गरेको हो। जितपछि मलेसियाले समूह बी मा २ अंक जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३०.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो। ९५ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रनमै अलआउट भयो।

खेलमा ४ विकेट लिएका मलेसियामा मुहमद अमिर अजिम म्यान अफ दि म्याच भए।

यस्तै टीपीसीए ओभलमा भएको खेलमा सिंगापुरले चीनलाई ८ विकेटले पारजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको चीन २३ ओभर खेल्दै २८ रनमै अलआउट भयो।

२९ रनको लक्ष्य सिंगापुरले ६.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो।

चीनलाई अलआउट गर्नै एक्लैले ७ विकेट लिएका सिंगापुरका विनित मेहता म्यान अफ दि म्याच घोषित भए।

जितपछि नेपाल रहेको समूह ए मा सिंगापुरले २ अंक जोडेको छ। नेपालले भने पहिलो खेल भोली चीनसंग खेल्नेछ।

किनरारा ओभलमा हुने उक्त खेल नेपालले जितेमा नेपाल र सिंऊपुरबीचको खेल हुनुअघि नै चीन बाहिनेछ र नेपाल र सिंगापुर सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell