PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कबिर सिंहको सफलताले शाहिदको बढायो भाऊ



पहिलोपोस्ट

कबिर सिंहको सफलताले शाहिदको बढायो भाऊ

शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। लामो समयको अन्तरालपछि ‘कबिर सिंह’ मार्फत् शाहिद फेरि चर्चामा छन्। यही फिल्मले उनको बलिउडमा भाउसमेत बढेको आजतकले जनाएको  छ।

कबिर सिंहलाई दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। फिल्म दोस्रो सातामा प्रदर्शन भइरहँदा पनि बक्स अफिसको कमाइमा ठूलो गिरावट छैन। कबिर सिंहको सफलतासँगै शाहिदले आफ्नो पारिश्रमिक बढाएका छन्। शाहिद पहिला एउटा फिल्मको लागि १० देखि १२ करोडसम्म लिन्थे भने अब २१ करोड लिनेछन्। उनले आफ्नो पारिश्रमिक बढाएर दोब्बर बढाउने निर्णय लिएका हुन्। कबिर सिंहले हालसम्म १८० करोडको व्यापार गरिसकेको छ।

कबिर सिंह दर्शकले रुचाएसँगै फिल्म इन्डस्ट्रीमा शाहिदको डिमान्ड बढेको छ। फिल्ममा शाहिद कपूर र कियारा आडवाणी मुख्य भूमिकामा छन्। कबिर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो। यो फिल्म शाहिदको सय करोड क्लबमा प्रबेश गर्ने पहिलो फिल्मसमेत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell