PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

क्युरियो कारोबारी रुसी नागरिक पक्राउ



रासस

पोखरा : अवैध रुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजातबिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो। उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell