PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरी भइन् वर्षको उत्कृष्ट प्यारा एथलेट



पहिलोपोस्ट

दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरी भइन् वर्षको उत्कृष्ट प्यारा एथलेट

काठमाडौं: दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरीले वर्षको उत्कृष्ट प्यारा ऐथलेटको अवार्ड जितेकी छिन्। नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा चौधरीले अवार्ड हात पारेकी हुन्।

मनकेसी पाकिस्तानसँग भएको पहिलो दृष्टिबिहीन सिरिजमा सहभागी ब्याट्स वुमन हुन्। उनले पाकिस्तानविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेकी थिइन्। दृष्टिबिहीन महिला क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्।

अवार्ड हात पारेपछि उनले टीम कप्तानसहित सबैलाई धन्यवाद दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell