PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

टेनिस : भुटानमा नेता कमल थापाको विजयी सुरुवात



पहिलोपोस्ट

टेनिस : भुटानमा नेता कमल थापाको विजयी सुरुवात

काठमाडौं : भुटानको थिम्पुमा आजदेखि सुरु भएको पाँचौ भारत-भुटान मैत्रि टेनिस प्रतियोगितामा नेपाली खेलाडीले विजयी सुरुवात गरेका छन्।

नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा देखि असलेसा लिसानेविचले पहिलो दिन जित हात पारे।

आज मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई ७-५,७-६ र एवन लिसानेविचले भुटानकै जिग्मे नोर्बुलाई ६-०,६-२ ले पराजित गरे।

लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेसाले भुटानकी चेन्चो डेमलाई ६-०,६-० ले हराइन्।

प्रतियोगितामा नेपालकोतर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेसा लिसानेविच तथा ४५+ सिंगल्समा कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

प्रतियोगितामा नेपाल, भारत,  बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ। मेन्स सिंगल्स, लेडिज सिंगल्स, ४५+समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell