PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा चिपरिचित प्रतिद्वन्दी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको हो।

माराकाना रंगशालामा भएको खेलमा ब्राजिलका लागि गाब्रीएल जेसस रोवर्टो फर्मिनोले एक-एक गोल गरे। ब्राजिलले दुवै हाफमा गोल गरेको थियो। १९औं मिनेटमा फिर्मिनो पासमा जेससले पहिलो गोल गरे। ७१औं मिनेटमा जेससको पासमा फिर्मिनोले गोल गरेका थिए।

पछिल्लो दुई संस्करणमा उपविजेता बनेको अर्जेन्टिना भने यस पटक सेमिफाइनलबाटै बाहिरियो।


उता ब्राजिल भने १२ वर्षपछि फाइनल पुगेको हो। सन् २००७ मा अर्जेन्टिनालाई नै हराएर उपाधि जितको ब्राजिल यस पटक घरेलु मैदानमै उपाधि जित्ने योजनामा छ।

ब्राजिलले अब उपाधिका लागि चिली र पेरुबीचको विजेतासंग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell