
काठमाडौं : बंगलादेशमा सुरु भएको साबा यू-१६ बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पारजित भएको छ।
फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको रुपमा रसमेत रहेको यस प्रतियोगिता नेपाल भारतसँग पराजित भएको हो।
बुधबार भएको पहिलो खेलमा भारतले नेपाललाई १०३-२८ स्कोरले हराएको हो।
नेपालले दोस्रो खेल बिहीवार श्रीलंकासँग खेल्नेछ।
प्रतियोगितामा दक्षिण एसियाका नेपाल, आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन्।