PahiloPost

Nov 4, 2025 | १९ कात्तिक २०८२

हुम्लाको विद्यालयमा दुईवटा सकेट बम फेला : डिस्पोजल टोली भने भोलिमात्र पुग्ने



पी बी खड्का

हुम्लाको विद्यालयमा दुईवटा सकेट बम फेला : डिस्पोजल टोली भने भोलिमात्र पुग्ने

सुर्खेतः हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक विद्यालयमा दुई वटा सकेट बम भेटिएको छ। गाउँपालिकाको वडा –५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुई वटा सकेट बम भेटिएको हो।
 
दश वर्षे द्वन्द्वकालको समयमा विद्यालयको खेलमैदानको वालमा राखिएको हुन सक्ने वडाअध्यक्ष भिमराज शाहीले जानकारी दिए।
 
‘विद्यालयसँगै रहेको खेलमैदानको वालमा बम भेटिएको छ,’ उनले भने,‘अहिले तत्काल कसैले राखेको देखिदैँन। यो द्वन्द्वकालिन समयमा राखेको हुन सक्ने देखिन्छ।’

वडाअध्यक्ष शाहीका अनुसार अहिले बम भेटिएको स्थानमा नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको छ।
 
बम डिस्पोजका लागि नेपाली सेना भोलि बिहानमात्रै पुग्ने भएको छ। ‘बम देखिएपछि प्रहरीले कडा सुरक्षा दिइरहेको छ।’ उनले भने,‘नेपाली सेनालाई खबर भयो तर, आजै आउन नसक्ने भएपछि भोलि मात्रै डिस्पोज हुन्छ।’
 
विद्यालयको खेलमैदान निर्माण गर्नेक्रममा उक्त बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell