PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

४६ जना राउटे युवा प्रधानमन्त्री रोजगार कार्यक्रममा, 'वन मास्नेहरु लागे वृक्षारोपणमा'



पी बी खड्का

४६ जना राउटे युवा प्रधानमन्त्री रोजगार कार्यक्रममा, 'वन मास्नेहरु लागे वृक्षारोपणमा'

सुर्खेत: फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदायका युवाहरु पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध बनेका छन्।  सरकारले विपन्न र बेरोजगार युवालाई लक्षित गरी ल्याएको यो कार्यक्रममा गुराँस गाउँपालिका दैलेखमा बस्ने राउटे समुदायका युवाहरु रोजगार बनेका हुन्। 

गाउँपालिकाकै रोजगार सेवा केन्द्रमार्फत राउटे समुदायका ४६ जना युवालाई काममा खटाइएको गाउँपालिका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिए।
 
‘विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरेर आएको प्रधानमन्त्री रोजगार कार्यक्रम एक घर, एक रोजगार भनेर हामीले राउटे समुदायका ४६ घरपरिवारका ४६ जना युवालाई काममा लगाएका छौँ,’ उनले भने,‘अहिलेसम्म काम गर्न उत्साहित छन्। उनीहरुलाई विशेष गरी वृक्षरोपण, गोरेटो बाटो खन्न लगाएका छौँ।’

वनजंगल मास्दै काठका भाडाकुँडा बनाएर अन्नसँग साट्ने राउटेलाई वृक्षारोपण गर्न लगाईएको छ। जंगल मास्न हुँदैन भन्ने सन्देश दिनका लागि पनि वृक्षारोपण गर्न लगाइएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए।
 
जंगलका राजा भनिने राउटे समुदायलाई पनि राज्यको मुलधारमा ल्याउनकै लागि भएपनि प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराएको उनले बताए। 

अहिले राउटेका युवाहरुलाई वृक्षारोपण गरी संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन वृक्षारोपण गर्न लगाईएको छ। रोजगारमा संलग्न ४६ जना राउटे युवाहरुले गाउँपालिकामा सुरुको दिन मात्रै ५० भन्दा बढी गुराँसका बेर्ना रोपेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell