PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

नेपाल वायुसेवाको जहाज युरोप उडाउन सहजीकरण गरिदिन फ्रान्सेली राजदूतलाई उपराष्ट्रपतिको आग्रह



पहिलोपोस्ट

नेपाल वायुसेवाको जहाज युरोप उडाउन सहजीकरण गरिदिन फ्रान्सेली राजदूतलाई उपराष्ट्रपतिको आग्रह
फोटो: उपराष्ट्रपतिको नीजि सचिवालय

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालकालागि फ्रान्सका राजदूतलाई नेपाल वायुसेवाको जहाज युरोप उडाउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्।

बिहीवार उपराष्ट्रपति भवनमा भेट गर्दै पुनले फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई त्यस्तो आग्रह गरेका हुन्। ‘हामी नेपाल वायु सेवाको जहाजबाट युरोप उडान भर्न चाहान्छौं,’ उपराष्ट्रपति पुनले भने, ‘युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ।‘

युरोपियन युनियन अन्तर्गत रहेको युरोपेली उड्यन आयोगले सन् २०१३ नेपालको हवाई सेवालाई असुरक्षित मान्दै आफ्नो आकाशमा नेपाली वायु सेवा कम्पनीलाई उडान भर्न नपाउने गरी प्रतिबन?ध लगाइरहेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रतिवेदनलाई आधार मान्दै ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार नेपाली वायु सेवालाई कालोसूचीमा राखेको छ ।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको फ्रानस् भ्रमणमा पनि यो एजेण्डा उठाएका थिए। तर फ्रान्सले यसबारेमा ठोस पहल गरेको छैन।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell