PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा जोडियो बंगलादेश पनि



पहिलोपोस्ट

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा जोडियो बंगलादेश पनि

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा बंगलादेश पनि जोडिएको छ। चीनले थालेको यो महत्वाकांक्षी योजनामा आजबाट बंगलादेश पनि औपचारिक रुपमा जोडिएको हो। चिनियाँ प्रधानमन्त्री लि खस्याङ र चीन भ्रमणमा रहेका बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आज औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको सिन्ह्वाले जनाएको छ।

दक्षिण एसियाली मुलुक बंगलादेशलाई महत्वपूर्ण साझेदार भएको बताउँदै चीनका लिले परम्परागत मैत्री सम्बन्धको यो महत्वपूर्ण साझेदारी भएको बताए।

‘हामी दुईबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एकअर्कालाई बुझ्ने र एकअर्काको चासोको विषयलाई सम्बोधन गर्ने परम्परा छ,’ लिले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell