
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ क्रिकेट अन्तर्गतदवस्रो खेलमा नेपालले केही बेरमा सिंगापुरसँग खेल्दैछ।
क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने खेलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
समूह ए मा यसअघि नै फाइनल पुगिसकेको दुवै टोलीबीच आज समूह विजेता बन्नको लागि खेल हुँदैछ। ३ टोली मात्र सहभागि यस समूहबाट चीन दुवै खेल हार्दै बाहिरिसकेको छ।
दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ।
चीनसँग खेलको नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ। यू-१६ टिमका कप्तान विशाल विक्रम केसीले सिंगापुर विरुद्ध डेब्यु गर्दै छन्। यस्तै कुशल मल्ल र रसिद खान पनि प्लेइङ सेटमा छन्। अघिल्लो खेलमा टिममा रहेका कमल सिंह ऐरी, प्रतिष जिसी र लोकेश बाम आज प्लेइङ सेटमा छैनन्।
नेपालले यू-१९ उमेर समूहको खेलमा नेपालले सिंगापुरसँग खेलको नतिजा आफ्नो पक्षमा पार्दै आएको छ। पछिल्लो पटक गत अप्रिलमा मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो।
त्यस्तै सन् २०१७ मा सिंगापुरमा भएको यू-१९ विश्वकप छनोट एसियाअन्तर्गतको खेलमा नेपालले सिंगापुरललाई ४ विकेटले पराजित गरेको थियो।
विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन्। प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ। नवप्रवेशी चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो।
त्यसैगरी समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन्। यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ।