PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

रित गौतमको शतक, नेपालले सिंगापुरलाई दियो उच्च लक्ष्य



पहिलोपोस्ट

रित गौतमको शतक, नेपालले सिंगापुरलाई दियो उच्च लक्ष्य

काठमाडौं : ओपनर रित गौतमको शतक अनि खडकबहादुर बोहरा, कुशल मल्ल र पवन सर्राफको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी यू-१९ इस्टर्न रिजन टुर्नामेन्टमा सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य दिएको छ।

समूह ए अन्तर्गत अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको छ।
रितले ११५ रन बनाए। उनी नटआउट रहे। खडगले ९० र पवनले ४५ रन जोडे।

कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै २३ बलमा नटआउट ५१ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell