PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेकपामा आउन ओलीको आग्रह, डाक्टर भट्टराईको प्रतिक्रिया : दीपक मनाङ्गेजस्ता बौद्धिक भएको ठाउँमा अरु आवश्यक पर्छ र?



पहिलोपोस्ट

नेकपामा आउन ओलीको आग्रह, डाक्टर भट्टराईको प्रतिक्रिया : दीपक मनाङ्गेजस्ता बौद्धिक भएको ठाउँमा अरु आवश्यक पर्छ र?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई डिलमा बसेर मतभेद गर्नुसाटो पार्टीमा आउन आह्वान गरेका छन्।

'दुई तिहाइ अटेको कम्युनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र होइन सिंगै समाजवादी पार्टी पनि अट्न सक्छ, ' प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने।

उनले मुल बहाबमा मिसिन आह्वानसमेत गरे। 'कम्युनिष्ट पार्टीबाट बेलाबेलामा छुटिएर गएका साथीहरु फेरि अहिले मुलधारमै आउनु भएको छ,' विभिन्न दल त्यागेर नेकपामा आएका नेतालाई स्वागत गर्दै ओलीले भने, 'देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन। आउनुस् सबै मिलौं देश बनाउँ।'

प्रधानमन्त्रीको आग्रहलाई तत्काल ट्विट मार्फत् रिप्लाइ दिँदै डाक्टर बाबुराम भट्टराईले कडा कटाक्ष गरेका छन्। उनले जवाफमा भनेका छन् - कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell