PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

काठमाडौंमा भूकम्पको महसुस



पहिलोपोस्ट

काठमाडौंमा भूकम्पको महसुस

काठमाडौं : काठमाडौंमा शनिबार दिउँसो भूकम्पको महसुस गरिएको छ। लामो समयपछिको भूकम्पको झड्का महसुस भए लगत्तै मानिसहरु आत्तिएका थिए। झरीसँगै भूकम्पको महसुस गरिएको हो। दिउँसो ४ बजेर १५ मिनेट जाँदा कम्पन महसुस भएको हो।  

भूकम्पको केन्द्रविन्दु भक्तपुर भएकाले कम्पको महसुस काठमाडौंमा पनि बढी भएको हो। भक्तपुरलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भू भूकम्प गएको हो। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालिन परिचालन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गते गएको भूकम्प कै पराकम्प हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell