PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भूकम्पले तर्सायो : पानीमा रुझेर पनि घरबाहिरै



पहिलोपोस्ट

भूकम्पले तर्सायो : पानीमा रुझेर पनि घरबाहिरै
भूकम्पपछि पानीमा रुझ्दै जेडिए कम्प्लेक्स सुन्धारा अगाडि मानिसहरु। फोटो : बालकृष्ण अधिकारीको फेसबुकबाट

काठमाडौं : शनिवार दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्प जाँदा काठमाडौं उपत्यकामा एक्कासी त्रास फैलियो।

भक्तपुरको दूधपाटी केन्द्र रहेको भूकम्पको क्षमता ४.६ म्याग्निच्युड रहेको र भूकम्पले कुनै मानवीय र भौतिक क्षतिको सूचना गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ।

२०७२ सालको परकम्पकै श्रृङ्खलामध्ये पछिल्लो झड्काले भक्तपुरका बासिन्दहरु निकै त्रासमा रहे। स्थानीय उर्मिला कोजूका अनुसार भूकम्प महसुस भएलगत्तै मानिसहरु घरहरुबाट बाहिर आएका थिए। ठूलै कम्पन महसुस गरिकाले मानिस पानीमा रुझेर पनि घरबाहिरै बसिरहेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell