
काठमाडौं : शनिवार दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्प जाँदा काठमाडौं उपत्यकामा एक्कासी त्रास फैलियो।
भक्तपुरको दूधपाटी केन्द्र रहेको भूकम्पको क्षमता ४.६ म्याग्निच्युड रहेको र भूकम्पले कुनै मानवीय र भौतिक क्षतिको सूचना गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ।
२०७२ सालको परकम्पकै श्रृङ्खलामध्ये पछिल्लो झड्काले भक्तपुरका बासिन्दहरु निकै त्रासमा रहे। स्थानीय उर्मिला कोजूका अनुसार भूकम्प महसुस भएलगत्तै मानिसहरु घरहरुबाट बाहिर आएका थिए। ठूलै कम्पन महसुस गरिकाले मानिस पानीमा रुझेर पनि घरबाहिरै बसिरहेको उनले बताइन्।