PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

हेर्नुस् काकाकुल शहरको यो इनार : पानी थाप्‍नेदेखि लुगा धुने धोवीसम्मको केन्द्र

हेर्नुस् काकाकुल शहरको यो इनार : पानी थाप्‍नेदेखि लुगा धुने धोवीसम्मको केन्द्र

प्रवीण रानाभाट/पहिलोपोस्ट


फोटोमा देखिएको यो इनार सानेपा गुसिङ्गको हो। वाग्मती किनारामै रहेको यो इनारले काकाकुल काठमाडौं पानीक प्यासमा कसरी तड्पिरहेको छ भन्ने देखाउँछ। ललितपुरमा पर्ने यो ठाउँमा पानीका लागि काठमाडौंको कुलेश्वरदेखि ललितपुरकै सानेपा हाइटसम्मका मानिसहरु पुग्ने गर्छन्। यहाँ पानी लिन सधैं भिड लाग्छ। शनिवार अझ बढी भिड हुने गर्छ। किनकि काठमाडौंमा डेरा गरेर बस्नेहरुका लागि लुगा धुने पानी पाउनु सजिलो कुरा होइन।

यहीँ लुगा धुन आइपुगेका प्रशन्न कार्कीले भने, 'हप्तामा एकदुई पटकमात्र पानी आउँछ। त्यो पनि कतिखेर रोकिने हो भर हुन्न।' त्यसैले उनी यहाँ धाइरहन्छन्। 'डेरामा आएको पानी खानकै लागि मात्र पुग्छ अरुका लागि यहाँ नआइ धरै छैन,' १२ कक्षामा पढ्दै गरेका उनले भने। उनका दाजुभाइ नै यहाँ पानी लिनका लागि आएका हुन्। उनीहरुले साइकलमा सानो ड्रमभरी पानी भरे र लगे।

पानी अभावमा गुज्रिएका सर्वसाधारणमात्र होइन पेशाले नै लुगा धुनेहरु केन्द्र बनिरहेको छ यो ठाउँ। धोवीहरुसमेत यहाँ पुग्छन् र ग्राहकका लुगा धुन्छन्। फराकिलो फाँटमा लुगा सुकाउन पनि मिल्ने भएकाले उनीहरुका लागि यो ठाउँ गजबको भएको छ। थप दृश्यले नै बोल्छ -

वाग्मती किनारसँग जोडिएकाले यो इनारा सुक्दैन
लुगा धोएपछि सुकाउने तयारी
बगर बन्छ लुगा सुकाउने ठाउँ
बगरमा सुकाइएको लुगा
साइकलमा पानीको सवारी
पानी घर लैजाँदै साइकलयात्री
इनारबाट जारमा भरेकै पानीको भर
पानी लिएर गन्तव्यतिर जाँदै
साँझपख लुगा सुकाउने मेलो
अनि यो चाहिँ मानिसको भिड


ट्रेन्डिङ पोस्ट

Ncell