PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अफ्रिकन कपः नाइजेरिया र दक्षिण अफ्रिका क्वाटरफाइनलमा, घरेलु टोली इजिप्ट बाहिरियो



पहिलोपोस्ट

अफ्रिकन कपः नाइजेरिया र दक्षिण अफ्रिका क्वाटरफाइनलमा, घरेलु टोली इजिप्ट बाहिरियो

आयोजक इजिप्ट अफ्रिकन कप अफ नेशन्सको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ।

घरेलु मैदानमा भएको प्रतियोगिता अन्तर्गत गएराति भएको चौथो क्वाटरफाइनलमा दक्षिण अफ्रिकासँग १–० ले पराजित भएपछि मोहमद सलाहको टिम इजिप्ट अन्तिम १६ बाट अगाडि बढ्न सकेन। इजिप्ट सर्वाधिक ७ पटकको च्याम्पियन हो।

दक्षिण अफ्रिकालाई जिताउन तेम्बिनीकवसी लोर्चले खेलको ८५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यस्तै तीन पटकको च्याम्पियन नाइजेरिया पनि क्वाटरफाइनल प्रवेश गरेको छ। २०१३ पछि पहिलो पटक उपाधि जित्ने योजनामा रहेको नाइजरियाले क्यामरुनलाई ३–२ ले पराजित गरेको हो।

नाइजेरियाको लागि ओडिओन ओघालोले १९औँ र ६३औँ मिनेटमा गोल गरे भने एलेक्स इओबीले ६६औँ मिनेटमा गोल गरे। क्यामरुनका लागि स्टेफाने बाहोकेनले ४१औँ र क्लिनटोन एनजिएले ४४औँ मिनेटमा गोल गरे।

यसअघि नै बेनिन र सेनेगल क्वाटरफाइनल पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell