PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

विषादी जाँच नगरी तरकारी भित्रन दिने सरकारी निर्णयको विरोधमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी



पहिलोपोस्ट

विषादी जाँच नगरी तरकारी भित्रन दिने सरकारी निर्णयको विरोधमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी

काठमाडौं : सरकारले भारतीय विषादी युक्त तरकारी विना जाँच नेपाल प्रवेश गर्न दिने आदेश जारी गरेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध गरेको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट मोर्चाले सरकार भारतको दबाबमा लम्पसार परेको आरोप लगाएको छ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, 'जनस्वास्थ्यमा घातक असर गर्ने यो निर्णय तुरुन्त खारेज गर्न सरकारसँग जोडदार माग गर्दछौँ।'

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरेको थियो।

'तर, १२ दिनमै भारत सरकारद्वारा लिखित रुपमै यो निर्णय फिर्ता लिन दबाब आएपछि सरकारले लम्पसार परेर उक्त निर्णय फिर्ता गर्ने निर्णय गरेको छ,' वक्तव्यमा भनिएको छ।

सरकारले विषादी युक्त तरकारी आयातमा रोक लगाएपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै तरकारी नरोक्न भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell