PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रियो नेविसंघ

विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रियो नेविसंघ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपाल विद्यार्थी संघले भारतलगायत अन्य मुलुकबाट नेपालमा भित्रिने विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयको विरोध गरेको छ। आज बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोध र्‍याली पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो।

विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरेको थियो।

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरेको थियो।

तर असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय फिर्ता लिएको छ।

सरकारले विषादी युक्त तरकारी आयातमा रोक लगाएपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै तरकारी नरोक्न भनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell