PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङ र मछिन्द्र विजयी



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङ र मछिन्द्र विजयी

काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा आइतवार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले जित हात पारेका छन्।

प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा मनाङले फ्रेण्ड्सलाई पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह बी को खेलमा मनाङले फ्रेण्ड्समाथि २-१ को कठिन जित हात पारेको हो।

खेलको २५औं मिनेटमा श्रीजन राज गौतमले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मनाङले उक्त अग्रता कायम राख्यो। ७३औं मिनेटमा फ्रेण्ड्सका राजिव लोप्चनले बराबरी गोल फर्काए। तर ८४औं मिनेटमा राज थोकरले गोल गर्दै मनाङको जित पक्का गरे ।

पहिलो जितपछि समूह 'बी' मा रहेको मनाङले ३ खेलबाट ४ अंक जोडेको छ। फ्रेन्ड्सले ३ खेलबाट १ अंक मात्र छ।

यस्तै आइतवारै भएको दिनको पहिलो खेलमा मछिन्द्रले न्यूरोडटिम एनआरटीलाई २-१ ले हरायो। मछिन्द्रले एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो। इन्जुरी टाइममा विनम गुरुङले गोल गर्दै मछिन्द्रलाई ३ अंक दिलाएका हुन्।

दोस्रो जितपछि ३ खेलबाट ६ अंक जोडेको मछिन्द्रले क्वारटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। एनबरटीको भने समान खेलबाट ४ अंक छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। ५५औं मिनेटमा एनआरटीका मान कुमार राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। ७३औं मिनेटमा विपिन गुरुङले मछिन्द्रका लागि बराबरी गोल फर्काए। खेल बराबरीमै सकिन लाग्दा इन्ज्युरी समयमा विनम गुरुङले गोल गरेपछि मछिन्द्रले २-१ को जित हात पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell