PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महिला विश्वकप फुटबल : अमेरिका चौथो पटक च्याम्पियन



पहिलोपोस्ट

महिला विश्वकप फुटबल : अमेरिका चौथो पटक च्याम्पियन

अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ। चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो।

फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो।

६१औं मिनेटमा कप्तन मेगान रापिनोले पेनाल्टीमा पहिलो गोल गरिन्। सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिआरको मद्दतमा पेनाल्टी दिइन् र त्यसमा मेगानले कुनै गल्ती गरिनन्। ६९औं मिनेटमा रोस लाभेलेल अमेरिकाको लागि दोस्रो गोल गरिन्।

अमेरिका जर्मनीपछि पाधि रक्षा गर्ने पहिलो टिम समेत बनेको छ। सन् २००३ र २००७ मा जर्मनीले लगातार दुई पटक उपाधि जितेको थियो। २०१५ र २०१९ मा अमेरिकाले लगातार उपाभि जित्दै जर्मनीको उक्त उपलब्धी बराबरी गरेको छ। सन् १९९१ को पहिलो संस्करण जितेको अमेरिकाले १९९९ को तेस्रो संस्करण पनि जितेको थियो।

अहिलेसम्म भएका ८ संस्करणमध्ये ४ पटक अमेरिका च्याम्पियन बन्दा जर्मनीले २ तथा नर्वे र जापानले १-१ पटक उपाधि जितेका छन्।


अमेरिकी कप्तान मेगान रिपोनोले जितिन् गोल्डेन बल र गोल्डेन बुट, डच किपरलाई गोल्डेन ग्लोभ्स

च्याम्पियन टोलीकी कप्तान मेगान रापिनोले प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितिन्। उत्कृष्ट वापत उनले गोल्डेन बल जितिन् भने सर्वाधिक ६ गोलसहित ३ असिस्ट समेत गरेकी उनले गोल्डेन बल पनि पाइन्।


यस्तै फाइनलमा दुई गोल खाएपनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी डच गोलकिपर सारी भान भेनेन्डले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell