PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

अफ्रिकन कप : डेब्युमै मदागास्कर क्वाटरफाइनलमा



पहिलोपोस्ट

अफ्रिकन कप : डेब्युमै मदागास्कर क्वाटरफाइनलमा

इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्समा डेब्युटान्ट मदागास्कर क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेको मदागास्करले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गएराती भएको प्रिक्वाटरफाइनलमा डि आर कंगोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै मदागास्करले अन्तिम आठमा स्थान पक्का गरेको हो।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टीमा मदागास्करका लागि अमान्डा,  मेटानाइरे, फोन्टाइन र मोम्ब्रिसले गोल गरे। डिआर कंगोका लागि बाकाम्बु र एम पोकुले मात्र गोल गरे। टिसेरान्ड र बोद्याइसले गोल गर्न सकेनन्।

त्यसअघि निर्धारित समयमा मदागास्करका लागि अमान्डा र एन्ड्रिएट्सिमाले गोल गरेका थिए भने डिआर कंगोका लागि बाकामब् र एमबेम्बाले गोल गरेका थिए।

मदागास्करले अब घाना र ट्युनिसियाबीचको विजेतासँग खेल्नेछर

यस्तै गुनिएले ३-० ले पराजित गर्दै अल्जेरिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल्जेरियाको लागि रियाद महारेज, बेलाइली र ओउनसले एक-एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell