PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कोनकाकाफ गोल्डकप : अमेरिकालाई हराउँदै मेक्सिकोले जित्यो उपाधि



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : अमेरिकालाई हराउँदै मेक्सिकोले जित्यो उपाधि

मेक्सिकोले साविक विजेता अमेरिकालाई पराजित गर्दै कोनकाकाफ गोल्डकपको उपाधि जितेको छ। सोमवार बिहान सम्पन्न फाइनलमा मेक्सिकोले अमेरिकालाई १-० ले पराजित गरेको हो।

जोनाथन डस सान्तोसले दोस्रो हाफमा गरेको एक मात्र गोल नै मेक्सिकोलाई च्याम्पियन बनाउन निर्णाक रह्यो।

उनले ७५औं मिनेटमा गोल गरेका थिए।

यसअघि मेक्सिकोले २०१५ मा उपाधि जितेको थियो। २०१७ मा भने अमेरिकाले उपाधि जितेको थियो। च्याम्पियबन बनेसँगै मेक्सिकोले सर्वाधिक ८ पटक उपाधि जित्ने कीर्तिमान बनाएको छ। अमेरिकाले ६ पटक उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell