
काठमाडौं : पहिलो पटक नेपालमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालको भलिबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
सेन्ट्रल जोनकै तयारीलाई मध्यनजर गर्दै नेपालले भारतसंग ३ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाल भलिबल संघले जनाएको छ।
संघका अनुसार नेपाल भलिबल संघले भारतको भलिबल संघलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको र उताबाट स्वीकार भएको हो।
अहिले विदेशी प्रशिक्षकसँगै नेपाली टिमको प्रशिक्षण हेरिरहेका जगदिश भट्टले मैत्रीपूर्ण खेल ३ वटा हुनेछ र खेलहरु नेपालमै हुने बताए। तर मिति भने भोली मात्र तय हुने संघले जनाएको छ।
साउन ३२ देखि भदौ ८ सम्म नेपालमै हुने पाँचौ संस्करणको सेन्ट्रल जोन च्याम्पियनसिपको लागि डच प्रशिक्षक हान अबिङको प्रशिक्षणमा अहिले २५ खेलाडी दैनिक प्रशिक्षणमा व्यस्त छन्।